सुनको मूल्य तोलामा ११०० रुपैयाँ बढ्यो



काठमाण्डौ, फागुन ७ । सुनको भाउ आज एकै दिन तोलामा एक हजार एक सय रुपैयाँले बढेको छ । आज सुनको भाउ तोलामा एक हजार एक सय रुपैयाँले बढेर तोलामा एक लाख ७० हजार पाँच सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ६९ हजार चार सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । आज चाँदीको भाउ तोलामा १५ रुपैयाँले बढेर  एक हजार नौ सय ८५ रुपैयाँ कारोबार भइरहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ७० रुपैयाँ रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन ७, बुधवार ११:४५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको