जनकपुरधाम, फागुन ८ । विशेषज्ञ फिजिसियन चिकित्सकहरुको संगठन सिमोनको छौठो राष्ट्रिय सम्मेलन शुक्रबार देखि जनकपुरधाममा हुनेभएको छ । सिमोनको आयोजना तथा मधेश प्रदेश च्याप्टरको स्थानीय आयोजनामा जनकपुरधामको यात्री निवासमा शुक्रबार देखि शनिवार सम्म दुई सो सम्मेलन चल्ने सिमोनका मधेश प्रदेश च्याप्टरका सचिव तथा स्थानीय आयोजन समितिका सचिव रमण मिश्रले जानकारी दिए ।
दुई दिन सम्म चल्ने सो सम्मेलनमा देश भरका विशेषज्ञ फिजिसियन चिकित्सकहरु सहभागि हुने र विभिन्न ५० वटा लेक्चर तथा १५ वटा सोधपत्र प्रस्तुत हुने सचिव मिश्रले जानकारी दिए । उनले चिकित्सकहरुको ज्ञान क्षमता अभिवृद्धि गर्ने उद्देश्यले नेपालको विभन्नि भागमा यो सम्मेलन आयोजना हुँदै आएको थियो पहिलो पटक जनकपुरधाममा गर्न लागिएको जानकारी दिए ।
यस सम्मेलनमा भागलिनकालागि देशभरका करिव अढाई सय भन्दा बढी चिकित्सकहरुले अलनलाइन रजिष्ट्रेष्न गराई सकेका तथा सो भन्दा बढी हुन सक्ने अनुमान गरिएको उनले जानकारी दिए ।
याहाँका साथै नेपाल भरिका चिकित्सकहरुले बनाएको शोधपत्र र नयाँ रिसर्चले चिकित्सकहरुको ज्ञान क्षमता अभिवृद्धि हुने विश्वासका साथ यो सम्मेलन आयोजना हुँदै आएको उनले बताए ।




