“अनिल साह र पूजा महतो मधेश प्रदेश क्रिकेट टिमका नयाँ कप्तान”



जनकपुरधाम, फागुन १० । मधेश प्रदेश क्रिकेट संघले पुरुष टिमको कप्तानमा अनिल साह र महिला टिमको कप्तानमा पूजा महतोलाई नियुक्त गरेको छ ।

शनिबार बसेको संघको बैठकले पुरुष टिमका कप्तान रहेका हरिशंकर साहलाई हटाउँदै अनिल साहलाई कप्तानको रुपमा नियुक्त गरेको हो । फ्रेन्चाइज टिम जनकपुर बोल्ट्सका कप्तान समेत रहेका राष्ट्रिय खेलाडि साह यसअघि मधेश टिममा खेलाडिको रुपमा मात्र खेल्ने गरेका थिए ।

संघको बैठकले हरिशंकरले विगतमा दिएका योगदानको मूल्यांकन गर्दै कप्तानको पदबाट विश्राम दिएको जनाएको छ । हरिशंकरको कप्तानीमा मधेश प्रदेश क्रिकेट टिमले केपी ओली कप जितेको थियो भने प्रधानमन्त्री कपमा शिर्ष चारमा रहँदै जय ट्रफि एलिट कपमा छनोट भएर उक्त प्रतियोगिता खेलेका थिए ।

यस्तै, अन्डर १९ महिला टिमका कप्तान एवं राष्ट्रिय खेलाडि पूजालाई प्रदेश टिमको जिम्मेवारी दिएको हो ।

संघको बैठकले मधेश प्रदेश स्तरीय प्रधानमन्त्री कप छनौट क्रिकेट प्रतियोगिता आयोजना पर्सा जिल्ला क्रिकेट संघसँग समन्वय गरी फागुन १६ गतेदेखि गर्ने निर्णय गरेको छ । संघले प्रधानमन्त्री कपिको लागि विकास दलि र सुभाष यादवलाई छनौट समितिको जिम्मा तोक्ने र नेपाल क्रिकेट संघका पुर्व छनौट समिति संयोजक दिपेन्द्र चौधरीलाई प्रधानमन्त्री कपको लागि क्रिकेट एक्सपर्टको रुपमा नियुक्त गर्ने निर्णय गरेको छ ।

बैठकले जय ट्रफि प्रतियोगिताको जिम्मा दिएको क्रिकेट संघ नेपाल तथा आयोजना सम्पन्न गर्नमा प्रभावकारी भुमिका निर्वाह गर्ने पर्सा जिल्ला क्रिकेट संघ र धनुषा जिल्ला क्रिकेट संघलाई धन्यवाद दिने निर्णय गरेको संघले जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १०, शनिवार १४:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको