च्याम्पियन्स ट्रफिः पाकिस्तान भारतबाट ६ विकेटले पराजित



जनकपुरधा, फागुन १२ । च्याम्पियन्स ट्रफि अन्तर्गत भारत र पाकिस्तान बीच भएको म्याचमा भारतले पाकिस्तानलाई ६ विकेटले पराजित गरेको छ । टस जितेर पहिले व्याटिङ्ग गर्न आएका पाकिस्तानले ४९.४ ओभरमा सवै विकेट गुमाएर भारत सक्षम २४२ रनको लक्ष्य प्रस्तुत गरेका थिए ।

पाकिस्तानकालागि इमाम उल हकले १०, वावर आजम २३, सकाद सकिलले ६२, मो. रिजवान ४६, सलमान आघा १९, तयाव ताहिर ४, खुशदिल साह ३८, नसिम साह १४ र हरिफ रफले ८ रनको योगदान दिएका थिए ।

भारतकालागि कुलदिप यादवले ९ ओभरमा ३ विकेट लिए भने हार्दिक पाण्डयाले ८ ओभरमा २ विकेट लिए भने हर्सित राणा, अक्षर पटेल र रविन्द्र जटेजाले समान १/१ विकेट लिएका थिए ।

१ सय ४२ रनको लक्ष्य लिएर मैदानमा उत्रेका भारतकालागि विराट कोहलीको सतकिय पारीले भारतलाई जिताउन सफल बनाएको छ । भारतकालागि रोहित शर्मा २०, शुभमन गिल ४६, विराट कोहली १००,् श्रेष्य औयरले ५६, हार्दिक पाण्डयाले ८ र अक्षर पटेलेल अविभिज ३ रनको योगदान दिएका छन् ।

पाकिस्तानकालागि साहिन साह अफ्रिदिले २, र अवार अहमद तथा खुशदिल साहले समान १÷१ विकेट लिएका छन् ।

प्रकाशित मिति: २०८१ फाल्गुन ११, आइतवार २२:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको