भ्रष्टाचारी संरक्षण सरकारको एक मात्र उद्देश्य : प्रचण्ड



विराटनगर, फागुन १४ । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले वर्तमान सरकारको एक मात्र उद्देश्य भ्रष्टाचारीलाई संरक्षण गर्ने रहेको आरोप लगाएका छन ।

तराई-मधेश जागरण अभियानको क्रममा बुधबार विराटनगरमा पत्रकारसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले आफ्नो सरकारले भ्रष्टाचारीलाई कारबाहीमा ल्याउने अभियान चलाएपछि उनीहरुलाई संरक्षण गर्न कांग्रेस–एमाले रातारात गठबन्धन गरि सरकार बनाएको दावी गरेका छन ।

‘हामीले सुशासन कायम गर्न खोज्यौं । भ्रष्टाचारी विरोधी अभियान सुरु गरेवापत, भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन थालेवापत भ्रष्टाचारीको संरक्षण गर्ने उद्देश्यले नै अहिलेको गठबन्धन सरकार बनेको हो’, उनले भने ।

आफ्नो सरकारले सुरु गरेको त्यही सुशासन र भ्रष्टाचार विरोधी अभियानलाई राष्ट्रव्यापी रुपमा जनताको बीचमा लैजान जागरण अभियान सुरु गरेको उनले बताए ।

यसबाहेक अभियानको अर्काे उद्देश्य दक्षिण भेगमा रहेका आदिवासी जनताति, मधेशी, थारुको मुद्दा स्थापित गर्नू र राष्ट्रिय एकता सुदृढ गर्नु रहेको उनको दावी छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधवार ०९:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको