रुसका तेल ट्यांकर र जहाजमा क्यानडाका नयाँ प्रतिबन्ध



एजेन्सी, फागुन १४ । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले रुसका तेल ट्यांकर र जहाजमा प्रतिबन्ध घोषणा गरेका छन्।

ट्रुडोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रुसले तेलबाट कमाएको पैसाले युक्रेनमा आफ्नो युद्धलाई आर्थिक सहयोग गरिरहेको छ। अन्तर्राष्ट्रिय प्रतिबन्धबाट बच्न रुसले अवैध रूपमा जहाजहरूमार्फत विश्वभर आफ्नो तेल ढुवानी गरिरहेको छ।’

उनले अगाडि भनेका छन्, ‘मैले किभमा रहेका १०९ रुसी तेल ट्यांकर र जहाजमा नयाँ प्रतिबन्ध घोषणा गरेको छु।’

यसअघि प्रधानमन्त्री ट्रुडोले स्थायी शान्तिको लडाइँ एक्लै जित्न नसकिने उल्लेख गर्दै आफ्नो मुलुक युक्रेनका साथमा रहेको बताएका थिए।

उनले भनेका थिए, ‘मैले किभमा राष्ट्रपति जेलेन्स्कीसँग कुरा गरेँ र भनेँ( क्यानडा सधैँ युक्रेनको साथमा उभिनेछ।’

ट्रुडोले युक्रेनमा शान्ति स्थापना गर्न र सार्वभौमसत्ता कायम राख्न क्यानडाबाट नयाँ सैन्य सहयोग प्रदान गर्नेबारे पनि कुरा गरेको बताएका थिए।

प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधबार १०:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको