अफगानिस्तानमा विनाशकारी असिना पानी: २९ जनाको मृत्यु, कयौं घाइते



एजेन्सी, फागुन १४ । अफगानिस्तानमा ठूलो असिना पानीका कारण २९ जनाको ज्यान गएको छ । पश्चिमी फराह प्रान्तमा असिनाका कारण २१ जनाले र दक्षिणी कान्दाहारमा ठूलो पानीका कारण आठ जनाले ज्यान गुमाएका ती प्रान्तको विपद् व्यवस्थापन विभागलाई उद्धृत गरी समाचार संस्था एएफपीले उल्लेख गरेको छ ।

फराहमा असिनाका कारण ६ जना घाइते भएका विपद् व्यवस्थापन विभागका प्रमुख मोहम्मद इजरायल सायरले जानकारी दिनुभएको छ ।

असिना परेर ज्यान गुमाउने र घाइते हुनेहरु पिकनिकमा गएका दुई परिवारका सदस्य रहेका छन् । त्यस्तै कान्दाहारमा ठूलो वर्षा भएपछि महिला र बालबालिकासहित आठ जनाको ज्यान गएको हो ।

अफगानिस्तान जलवायु परिवर्तनको चपेटामा परेको र चरम मौसमी घटना बढ्दै गएका विज्ञले बताएका छन । अफगानिस्तान जलवायु परिवर्तनको सबैभन्दा बढी संवेदनशील देशहरूको सूचीमा छैटौँ स्थानमा छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १४, बुधबार ११:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको