जनकपुरधाम, फागुन १५ । राष्ट्रिय मुक्ति पार्टीका अध्यक्ष राजेन्द्र महतोले मुलुकमा नश्लवादी प्रवृति हावी हुँदै गएको भन्दै त्यस विरुद्ध छिट्टै आन्दोालनमा जाने बताएका छन।
दुई दिन सम्म चलेको केन्द्रिय समितिको बैठकको निर्णयहरु सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष महतोले प्रधानमन्त्री केपी शर्मा ओलीमा एकल नस्लवादी सोच झन बलियो बन्दै गएको आरोप लगाएका छन ।
प्रधानमन्त्री ओलीको एकल नस्लवादी सोचकै कारण पहिचानवादीले आफ्नो अधिकारी नपाएको दाबी उनले त्यसको विरुद्धमा आन्दोलनका संयुक्त पहल आवश्यक रहेको बताए ।
यसैबीच राष्ट्रिय मुक्ति पार्टी, नेपालको केन्द्रिय बैठकले संगठन विस्तार अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ ।
संगठन बिस्तार, प्रशिक्षण तथा अर्थ संकलनको लागि ४५ दिने अभियान सञ्चालन गर्न लागिएको पत्रकार सम्मेलनमा उनले बताए । पार्टीलाई विभिन्न अभियानमार्फत स्थानीयस्तरमा संगठित बनाइने उनको भनाइ छ ।
अध्यक्ष महतोले विचार मिल्ने पार्टीसँग एकता र एकीकरणका लागि वार्ता समेत भै रहेको बताए । विचार मिल्ने दलहरु संगको एकता एवं मोर्चाबन्दीका लागि रामुपाले यस अघि नै रामनरेश रायको संयोजकत्वमा वार्ता समिति समेत गठन गरि सकेको छ ।




