नो केवलकार र प्रदेश पुनः नामकरण आन्दोलन एकीकृत गरिने



जनकपुरधाम, फागुन १६ । प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष समिति र केबलकारविरुद्ध संघर्षरत पक्षले संयुक्त आन्दोलन गर्ने भएका छन ।

बिहीबार राति बसेको दुई पक्षको संयुक्त भर्चुअल बैठकले आन्दोलनलाई एकीकृत गर्ने निर्णय गरेको हो।

बैठकले आन्दोलनमा दमन गरेको भन्दै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मा र जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी नायब उपरीक्षक रवि रावलको परिवारको फोटो सार्वजनिक गर्ने निर्णय पनि गरेको छ।

उनीहरूलाई कारबाही गर्न नेपाल सरकार र संयुक्त राष्ट्र संघका निकायमा उजुरी दिने निर्णय पनि बैठकले निर्णय गरेको छ।
प्रदेश नं. १ पुनःनामांकन संयुक्त संघर्ष र केबलकारविरुद्ध पक्षको संयुक्त बैठकले एमाले सचिव योगेश भट्टराईका दाजु मातृका भट्टराईलाई तुम्याहाङ चुम्लुङसमक्ष स्पष्टीकरण दिन भनी सार्वजनिक पत्र पठाउने निर्णय पनि गरेको छ । मातृकाले मानवताविरुद्धका अपराध घटना गराउन उक्साएको आरोप छ ।

२०८१ फागुन १० गते ताप्लेजुङ फुङलिङमा मुक्कुमलुङ संरक्षकहरूविरुद्ध सरकारले गरेको पाशविक, बर्बर दमनबारे व्यापक छलफल र समीक्षा बैठकले गरेको उल्लेख गरिएको छ।
‘फुङलिङ काण्डलाई लिम्बु गाउबस्तीतिर भएको इतिहासकै बर्बर प्रहरी दमन भन्दै मानवताविरुद्ध सरकारको अपराध फुङ्लिङ काण्ड’ नामकरण गर्ने निर्णय बैठकले गरेको छ।

पक्राउ परेका र घाइतेहरूको फोटोसहितको विवरण सार्वजनिक गर्ने, फागुन १७ गते ‘मानवताविरुद्ध सरकारको अपराध फुङ्लिङ काण्ड’बारे जानकारी दिन प्रदेश नं १ का १४ जिल्ला र मधेसमा समेत जनप्रदर्शन र विरोध सभा आयोजना गर्ने उनीहरूले विज्ञप्तिमा उल्लेख छ।

२०८१ फागुन २१ गते सरकार र आम नागरिकको ध्यानाकर्षण गर्न काठमाडौँमा बृहत् जनप्रदर्शन तथा विरोध सभा आयोजना गर्ने संयुक्त संघर्ष समितिले निर्णय गरेको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १६, शुक्रवार १२:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको