एर्रे इन्टरनेशनल र हिमाली बिजयी



उग्रनारायण झा
जनकपुरधाम, फागुन १८ । जनकपुरधाममा जारी वीवाइडी अन्तर स्कूल क्रिकेट प्रतियोगितमा एर्रे इन्टरनेशनल स्कूलले अन्नपूर्ण स्कूललाई एक सय २ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।

जनकपुरधामको बाह्र विघामा जारी क्रिकेट प्रतियोगितामा अन्नपूर्ण स्कूलले टस जितेर पहिले बलिङ्ग गर्ने निर्णय गरेपछि व्याटिङ्ग गर्न आएका एर्रे इन्टरनेशनल स्कूलकालागि युवराज साहले ३५ बलमा ५५ रनको योगदान गरे भने कृष्णा मण्डलले १५ बलमा ३० रनको योगदान गर्दै सवै विकेटको नोक्सानमा १ सय ७२ रनको योगफल तयार पारेको थियो ।

अन्नपूर्णकालागि उमाशंकर साहले ४ ओभरमा २७ रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।

एक सय ७३ रनको लक्ष्य लिएर व्याटिङ्ग गर्न आएका अन्नपूर्णले १३.४ ओभरमा सवै विकेट गुमाउँदै मात्र ६९ रन बनाउन सकेका थिए । अन्नपूर्णकालागि आनन्द साहले २५ र अमनले १८ रनको योगदान दिएका थिए ।

एर्रेकालागि धीरेन्द्र यादवले ४ ओभरमा ३२ रन खर्चदै ४ विकेट लिन सफल भए भने निलेशले ४ ओभरमा २० रन खर्चेर ४ विकेट लिन सफल भएका थिए ।

खेलका म्यान अफ दि म्याच युवराज साहलाई प्रदान गरिएको थियो ।

त्यस्तै आज सकिएको अर्को म्याचमा हिमाली बोर्डिङ्ग स्कुलले मिट स्कुललाई ४ विकेटले पराजित गरेको छ । मिटले टस जितेर पहिले व्याटिङ्ग गर्दै सवै विकेट गुमाउँदै ८६ रन बनाउन सफल भएको थियो । मिटकालागि विवेक महतोले १३, सारंग ठाकुरले १२ रनको योगदान गरेका थिए ।

हिमालीकालागि बलिङ्ग गर्दै मो. हसनले २ विकेट लिन सफल भए भने अमित रोयले २ विकेट लिन सफल भएका थिए ।
प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएका हिमाली बोर्डिङ्ग स्कूलले ६ विकेटको नोक्सानमा ८९ रन बनाएर बिजयी भएका छन् । हिमालीकालागि सनराज साहले २२ र अमित रोयले १८ रनको योगदान गरेका थिए ।

मिटकालागि सारंग ठाकुरले ३ र आयुस सिंहले २ विकेट लिन सफल भएका थिए । खेलको म्यान अफ दि म्याच अमित रोयलाई प्रदान गरिएको थियो ।

भोली पहिलो म्याच न्यू भिजन र गोगलप्रसाद तथा मदर टरेसा पव्लिक स्कुल र सिटी मोन्टेसरी विच हुने जनाइएको छ ।

 

प्रकाशित मिति: २०८१ फाल्गुन १८, आइतवार १८:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको