जनकपुरधाम, फागुन १८ । च्याम्पियन्स ट्रफी अन्तर्गत आज सम्पन्न लिग चरणको खेलमा भारतले न्युजीलैण्डलाई ४४ रनले पराजित गर्दै सेमीफाइनलमा प्रवेश गरेको छ ।
न्युजीलैण्डले टस जितेर पहिले फिल्डिङ्ग गर्ने निर्णय गरेपछि व्याटिङ्ग गर्न आएका भारतकाले निर्धारित ओभरमा ९विकेटको नोक्सानमा १४९ रनको योगफल तयार पारेको थियो । भारतकालागि ओपनर व्याट्स म्यान रोहित शर्मा, शुभमन गिल र विराट कोहलीले सानो स्कोरमा आउट हुँदा एक समयमा भारत दवावमा देखिएको थियो ।
ओपनर रोहित शर्माले १७ बलको सामना गर्दै एक चौका र एक छक्का प्रहार गर्दै १५ रनको निजी स्कोरमा जेमीसनको बलमा आउट भएको थियो । त्यस्तै शुभमन गिल ७ बल खेल्दै मात्रै २ रनमा आउट भएको थियो । त्यस्तै विराट कोहलीले १४ बलमा २ चौका प्रहार गर्दै ११ रनमा हेनरीको बलमा आउट भएको थियो ।
भारतकालागि श्रेयस अयय्रले ९८ बलको सामना गर्दै ४ चौका र २ छक्का प्रहार गर्दै ७९ रनको स्कोर गर्दा ओरुर्कको बलमा आउट भएका थिए । त्यस्तै अक्षर पटेलले ६१ बलको सामना गर्दै ३ चौका र १ छक्का प्रहार गर्दै ४२ रनको निजी स्कोरमा रविन्द्रको बलमा आउटभए । त्यस्तै केएल राहुल २३, हार्दिक पाण्डया ४५, रविन्द्र जटेजा १६, मोहम्मद शमी ५ र कुलदीप यादव अविजित १ रनको योगदान गरेका थिए ।
न्युजीलैण्डकालागि मैट हेनरी ८ ओभरमा ४२ रन खर्चदै सर्वाधिक ५ विकेट लिन सफल भ एभनेकाइल जेमीसन ८ ओभरमा ३१ रन खर्चदै १ विकेट लिन सफल भए । त्यस्तै विलियम ओरुर्क ९ ओभरमा ४७ रन खर्चदै १, मिचेल सैंटनर १० ओभरमा ४१ रन खर्चदै १ विकेट लिएभने माइकल व्रेसवेलले ९ ओभरमा ५६ रन खर्चे तर विकेट लिन सकेन । त्यस्तै रचिन रविन्द्रले ६ ओभरमा ३१ रन खर्चेर १ विकेट लिन सफल भए।
प्रतिउत्तरमा व्याटिङ्ग गर्न आएका न्युजिलैण्डल २०५ रनमा अल आउट भएको थियो । न्युजिलैण्डकालागि केन विलियमसनले १२० बलको सामना गर्दै ७ चौका प्रहार गर्दै सर्वाधिक ८१ रनको योगदान दिए । त्यस्तै विल यंग २२, रचिन रविन्द्र ६, डैरिल मिचेल १७,टाँम लेथम १४, ग्लेन फिलिप्स १२, माइकल व्रेसवेल २, मिचेल सैंटनर २८, मैट हेनरी २, काइल जेमीसन ९, विलियम ओरुर्कले १ रनको योगदान दिएका थिए ।
भारतकालागि बरुण चक्रवर्ती १० ओभरमा ४२ रन खर्चदै सर्वाधिक ५ विकेट लिन सफल भए भने कुलदिप यादव ९.३ ओभरमा ५६ रन खर्चदै २ विकेट लिए भने हार्दिक पाण्डया १, अक्षर पटेल १ र रविन्द्र जटेजाले १ विकेट लिन सफल भएका थिए । प्लेयर अफ दि म्याच बरुण चक्रवर्तीलाई प्रदान गरिएको थियो ।
भारत आगामी म्याच सेमीफाइनलमा अष्ट्रेलिया संग खेल्ने छ ।




