तराई मधेश अभियानले माओवादीमा पुनर्ताजगी : प्रचण्ड



जनकपुरधाम, फागुन १८ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दहाल प्रचण्डले हुलाकी राजमार्ग केन्द्रित जागरण अभियानले पार्टीमा पुनर्ताजगी महशुस हुन थालेको बताएका छन ।

हुलाकी राजमार्ग केन्द्रित जनता संग माओवादी तराई मधेश जागरण अभियानको क्रममा आइतवार धनुषा पुगेका अध्यक्ष प्रचण्डले मधेश बाटै प्राप्त ज्ञानले स्थापित माओवादीलार्ई मधेश केन्द्रित अभियानले नयाँ जोश थपेको उल्लेख गरे ।

धनुषाको सोनिगामामा आयोजित आमसभालाई सम्बोधन गर्दै उनले काँग्रेस एमाले संगको सहकार्यका कारण रोगी भएको माओवादी यस अभियानले निको हुने विश्वास व्यक्त गरे । उनले प्रतिक्रियाबादी शक्तिहरु सशस्त्र विद्रोह, जनविद्रोह र मधेश विद्रोहबाट प्राप्त उपलब्धिहरुलाई समाप्त पार्दै मुलुकमा पुनः निरंकुशता लाद्ने प्रयास रहेको उल्लेख गर्दै त्यस विरुद्धको माओवादी अभियानलाई मधेशले साथ र सहयोग दिने विश्वास समेत व्यक्त गरे ।

सरकारले ल्याएको भूमि सम्बन्धि अध्यादेश भूमाफियाहरुको इच्छा बमोजिम आएको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले देश र जनताको हित विपरित आएका अध्यादेशहरु कुनै पनि हालतमा पारित हुन नदिने बताए ।

अधुरो हुलाकी राजमार्गका कारण तराई मधेशको जनजीवन प्रभावित भइ रहेको उल्लेख गर्दै अध्यक्ष प्रचण्डले अधुरो राजमार्ग तथा पुलहरुको निर्माणका लागि सरकारमाथि दवाव बनाउने समेत बताए ।

माओवादी केन्द्रका जिल्ला अध्यक्ष श्रवण बरबरिया यादवको अध्यक्षतामा भएको कार्यक्रमहरुमा नेताहरु नारायणकाजी श्रेष्ठ, गिरिरजामणि पोखरेल, वर्षमान पुन, मातृका यादव, नेपाल समाजवादी पार्टीका नेता महेन्द्र यादव सहितको सहभागिता रहेको थियो ।

फागुन १२ गते झापाबाट शुरु भएको जनजागरण अभियान धनुषा पुगेर धनुषा पुगेको छ । अभियानलाई दुई दिनको लागि स्थगित गर्दै अध्यक्ष सहितका टोली साँझ काठमाडौं फर्केको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन १८, आइतवार १९:०३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको