जनकपुरधाम, फागुन २१ । न्युजिल्याण्ड च्याम्पियन्स ट्रफीको फाइनलमा प्रवेश गरेको छ। मार्च ९ मा दुबईको मैदानमा न्युजिल्याण्ड भारतीय टोलीको सामना गर्नेछन्। बुधबार लाहोरमा भएको दोस्रो सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिकालाई ५० रनले पराजित गरेको छ।
न्युजिल्याण्डले दिएको ३६३ रनको लक्ष्य पछ्याउँदै अफ्रिकी टोलीले ९ विकेट गुमाएर ३१२ रन मात्र बनाउन सक्यो। कप्तान मिचेल सान्टनरले ३ विकेट लिए। म्याट हेनरी र ग्लेन फिलिप्सले २/२ विकेट लिए। माइकल ब्रेसवेल र मिचेल सान्टनरले एक÷एक विकेट लिए। दक्षिण अफ्रिकाका डेभिड मिलरले शतक प्रहार गरे। उनले ६७ बलमा शतक बनाए। कप्तान टेम्बा बाभुमा (५६ रन) र रस्सी भान डेर डुसेन (६९ रन) ले अर्धशतक प्रहार गरे।
किवीहरूका लागि, रचिन रविन्द्र (१०८) र केन विलियमसन (१०२) ले शतक बनाए भने डेरिल मिचेल (४९) र ग्लेन फिलिप्स (४९) अर्धशतक बनाउन असफल रहे। लुंगी न्गिडीले ३ विकेट लिए। रबाडाले २ विकेट लिए। वेन मुल्डरले एक विकेट लिए।




