डिई कुटेको तस्वीर सार्वजनिक गर्दै, ठेक्केदारलाई सीके राउतको धम्की



जनकपुरधाम, फागुन २२ । मधेश प्रदेशको नेतृत्व तथा संघीय सरकारका घटक जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले जनकपुरधामका तत्कालीन डिईलाई कुटेको फोटो सार्वजनिक गर्दै सप्तरीमा सडक निर्माण गाराउँदैछन् ।

डा. सिके राउतको सचिवालले जारी गरेको फोटोहरुमा डिइ कुटेको, विभिन्न समयको सामाचार रहेको छ । सचिवालले भनेको छ–‘ ठेकेदारलाई जनताले ३जनकारबाही गरे को जिम्मेबार हुने ?’

अगाडि लेखिएको छ–‘बेहाल अवस्थामा तोडफोड गरेर राखिएको राजबिराज–हनुमाननगर–भारदह सडक खण्डको ठेकेदार संजीव साह (कठौना) लाई पटक–पटक विनम्र भावले कम्तीमा तोडफोड गरेको र धूलो उडिराख्ने खण्ड मरम्मत गरिदिन भन्यौं, सडक डिभिजन कार्यालय लहानका प्रमुख आशुतोष कर्णलाई पटक–पटक यस कामलाई सम्पन्न गर्न अनुरोध गर्यौं, यस सडक खण्डको लागि पटक–पटक संसदमा आवाज उठायौं, संसदीय समितिले अनुगमन गरेर प्रतिवेदन तैयार गरेर ठेकेदार र सडक डिभिजन कार्यालयलाई समितिमा बोलाएर चेतावनी दियो, पटक–पटक आन्दोलन गर्यौं र प्रमुख जिल्ला अधिकारीलाई पटक–पटक भन्यौं,– तैपनि ठेकेदार र इन्जिनियरले तदारूकता देखाएन ।’

जनकपुरधाम–८ स्थित डा. राउतको घर सम्म सडक निर्माणमा ढिलाई भएपछि उनले तत्कालीन डिई (कुशवाहा)लाई कार्यकर्तालाई नाङ्गो पारेर जनकपुरधामको परिक्रमा गराएका थिए । तर, जव उनको आफ्नो सडक निर्माण भयो पछि उनलाई जनकपुरधामको सडक र नाला, लामखुट्टे संग कुनै सरोकारनै नरहेको जनकपुरधाम–८ बलवा टोलका विकास राई भन्छन् ।

विकासले अगाडि भने–‘डा. राउतले अहिले सामाजिक सञ्जालमा फेरि यस्ता कार्य गर्न उद्दत देखिएका छन् तर, अव त्यो दिन रहेन्, जनता उनी विरुद्ध प्रतिकारमा जानेछन् ।’

उनी निर्वाचित क्षेत्रमा रहेको प्रदेश कृषि विश्वविद्यालयको अवस्था दयनिय छ, तर, उनले आज सम्म चु शव्द पनि नबोलेको सप्तरी राजविराजका विलट यादव भन्छन्–‘पढेलेखेका भनेर भोट दिए, चुनाव जिताए, तर आज पढेलेखेका भन्दा अनपढनै राम्रो भनाई ठ्याक्कै मेल खाएको छ ।’

‘आज उनलाई आफ्नो निर्वाचन क्षेत्र आउन कठिनाई भएपछि सो सडकको स्मरण भएको भन्दै राजविराजकै निकेश झाले सडक नै विकास हो भन्ने मलाई केही भन्नु छैन् तर, हाम्रो सांसद जीलाई शिक्षा, स्वास्थ्य, कृषि केही बिषयमा कुनै चासो छैन् आगामी निर्वाचनमा जनताले सोच्ने छ’ हनुमान नगर कंकालनीका राजन यादवले भने ।

सप्तरीको राजविराजदेखि तोपा, हनुमाननगर हुँदै भारदहसम्मको साढे आठ किलोमिटर सडक डिभिजन कार्यालय लहानले गरेको टेन्डरअनुसार साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीले २५ करोड ७१ लाख ४६ हजार रुपैयाँमा ठेक्का कबोल गरी २०७९ असार २३ मा निर्माणको सम्झौता गरेको थियो । २०८१ असारभित्र निर्माण सक्नुपर्ने सडक सुरु भए पनि कामले गति लिन सकेन । कार्यालयले फेरि एक वर्षको ठेक्का म्याद थप गरेको थियो ।

सडक विभागअन्तर्गतको संघीय सुरपरिवेक्षण तथा अनुगमन कार्यालय सुनसरीका तत्कालीन प्रमुख रवीन्द्रलाल दासले ठेक्काको म्याद २०८२ असारसम्म थपिदिएको यस सडकको प्राविधिक काम हेरिरहेका सडक डिभिजन कार्यालय लहानका इन्जिनियर दिलीपकुमार यादवले जनाए ।

अहिले राजविराज–हनुमाननगर–भारदह खण्डअन्तर्गत झल्ही नहरको पुलदेखि साढे आठ किलोमिटरसम्म काम गर्नुपर्ने उनको भनाइ छ । महेन्द्र राजमार्गको भारदहदेखि राजविराजसम्म जोड्ने यो सडक क्षतिग्रस्त भएपछि नयाँ टेन्डर गरिएको उनले बताए । यस पटक सडक किनाराको पर्खाल, पक्की नाला, साना कल्भर्टसहित पुरानो क्षतिग्रस्त सडकलाई उप्काएर नयाँ कालोपत्र गर्नुपर्ने इन्जिनियर यादवले जनाए ।

यता ठेकेदार कम्पनीले भने आफूहरूले काम गरिरहेको दाबी गरेको छ । आफूहरूले काम गरे पनि सडक कार्यालयले भुक्तानी नदिने गरेका कारण समस्या भएको साह इन्जिनियरिङ कन्स्ट्रक्सन प्रालि शम्भुनाथ सप्तरीका सञ्जीव साहको आरोप छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २२, बिहीबार १७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको