सुनको भाउ बढ्यो



काठमाडौँ, फागुन २२ । आज सुनको भाउ तीन सय रुपैयाँले बढेको छ ।

सुनको भाउ तीन सय रुपैयाँले बढेर ताेलाकाे एक लाख ७० हजार सात सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको एक लाख ७० हजार चार सय रुपैयाँमा कारोबार भएको थियो । पछिल्लो केही दिनयता सुनको भाउ लगातार बढिरहेको छ ।

त्यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदीको भाउ ३५ रुपैयाँले बढेर ताेलाकाे एक हजार नौ सय ८५ रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको भाउ तोलाको एक हजार नौ सय ५० रुपैयाँमा काराेबार भएकाे थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २२, बिहिवार १५:१३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको