पूर्वराजाको समर्थनमा जनकपुरमा मोटरसाइकल रैली



जनकपुरधाम, फागुन २३ । पूर्व राजा ज्ञानेन्द्र शाहले प्रजातन्त्र दिवसको अवसरमा फागुन ७ गते दिएको शुभकामना सन्देशको समर्थनमा राजवादीहरुले आज जनकपुरधाममा मोटरसाइकल रैली प्रदर्शन गरेको छ ।

राष्ट्रवादी नागरिक समाजको अगुवाईमा जनकचोकबाट शुरु भएको रैली भानुचौक, कदमचौक, विद्यापतिचौक, भ्रमरपुराचौक, रामानन्दचौक, पिडारी चौक, मिल्सएरिया हुँदै पुनः जनकचौक पुगी सम्पन्न भएको थियो ।

रैलीको क्रममा राजवादीहरुले सरकार विरुद्ध नारावाजी गर्दै पूर्वराजाको पक्षमा नारा लगाएका थिए ।

रैलीमा राष्ट्रवादी नागरिक समाजका प्रकाशजंग राणा, चन्द्रमोहन चौधरी, राप्रपाका केन्द्रिय सदस्य मनोज मल्ल, प्रेक्षा मल्ल सहित जिल्ला स्तरका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रवार १६:५६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको