सुनको मूल्य घट्यो



काठमाडौँ, फागुन २३ । साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनको मूल्य सामान्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा सुनको मूल्य तोलामा ५०० रुपैयाँ घटेको हो ।

महासंघमा अनुसार बिहीबार तोलामा १ लाख ७० हजार ७०० रुपैयाँ कायम भएको छापावाल सुन शुक्रबार तोलामा १ लाख ७० हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै चाँदीको मूल्य भने बढेको छ । बिहीबार तोलामा १ हजार ९८५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार १ हजार ९९० रुपैयाँ पुगेका हो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रवार ११:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको