रिंकु सदाको मृत्यु प्रकरणमा थप चार जना पक्राउ



सिरहा, फागुन २३ । सिरहाको नवराजपुर गाउँपालिका–१ भगवतीपुरकी १७ वर्षीया युवती रिंकुकुमारी सदाको मृत्यु प्रकरणमा थप चार जना पक्राउ परेका छन्।

प्रहरीका अनुसार पक्राउ पर्नेमा वडा सदस्य नथुनी साहसहित अन्य तीन जना छन्। उनीहरू सबै जाहेरीमा किटान गरिएका व्यक्ति हुन्।

यसअघि प्रहरीले घटनाका मुख्य अभियुक्त रूपेश मण्डलसहित पञ्चायतीमा संलग्न तीन जनालाई पक्राउ गरिसकेको थियो।

पीडित किशोरी गत माघ ३० गते आफ्नै घरमा झुन्डिएको अवस्थामा फेला परेकी थिइन्। अनुसन्धानका क्रममा सामूहिक जबर्जस्ती करणीपछि घटना भएको खुलासा भएको हो।

पक्राउ परेका चार जनालाई आज दिउँसो ३ बजे पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्ने तयारी रहेको सिरहा प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार १२:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको