श्रीमानको ईंटा प्रहारबाट श्रीमतीको मृत्य



महोत्तरी, फागुन २३ । महोत्तरीको बल्वा नगरपालिका ५ मनसिफ टोलमा श्रीमानको ईंटा प्रहारबाट श्रीमतीको मृत्य भएको छ ।

शुक्रबार बिहान श्रीमानले श्रमतीलाई ईंटा प्रहार गर्दा श्रमतीको मृत्यु भएको हो । औरही नगरपालिका ७ भोईल घर भइ ससुराली घर बल्वा नगरपालिका ५ मनसिफ टोलमा आएका ३२ वर्षीय सत्य नारायण यादवले श्रीमती २४ वर्षीया सुधिरा देवीलाई ईंटा प्रहार गरेका थिए ।

माइत बसेकी श्रीमती भेट्न आएका यादवले श्रीमतिसँग केहि विषयमा बादविवाद हुँदा सोहि विवाद झगडामा परिणत भएको र आवेशमा आएर श्रीमतिमाथि ईँटा प्रहार गरेको बुझिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता डिएसपी सन्तलाल प्रसाद जयसवारले बताए ।

आरोपी श्रीमान प्रहरी नियन्त्रणमा रहेको र शव पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल जलेश्वर पठाइएको जयसवारले बताए । जानकारीलगत्तै प्रहरीले घटानस्थल पुगेर अनुसन्धान सुरु गरेको थियो ।

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार १२:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको