अरुको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्ने दुई जना पक्राउ



राजविराज, फागुन २३ । अर्काको नागरिकतामा आफ्नो फोटो टाँसेर बैंकमा खाता खोल्ने दुई जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा राजविराज ५ बस्ने २८ बर्षका अभिषेक यादव र २० बर्षका अरुण कुमार यादव छन् । असार २०८० मा एक जनाको नागरिकता हराएको थियो । ती नागरिकतामा अभिषेकले अरूणको फोटो टाँसी विराटनगरस्थित सिटिजन्स बैंकमा खाता खोलेका थिए ।

बैंकमा खाता खोली अन्य व्यक्तिहरूबाट लाखौंको रकम ठगी गरिरहेको पाइएको अवस्थामा दुबैलाई पक्राउ गरिएको सप्तरी प्रहरीका प्रमुख एसपी ढकेन्द्र खतिवडाले जानकारी दिए ।

उनका अनुसार नागरिकता सम्बन्धी कसुर र ठगीमा जाहेरी प्राप्त हुनासाथ दुबैलाई पक्राउ गरिएको हो । पक्राउ परेकालाई शुक्रबार पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै प्रहरीले अदालतबाट म्याद थप गरि अन्य अनुसन्धान गरिरहेको जनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २३, शुक्रबार १२:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको