जनमतको लफडा गहिरिदै, कोषाध्यक्ष सुरेन्द्र यादवले फिर्ता मागे सिके राउत चढ्दै गरेको गाडी



जनकपुरधाम, फागुन २५ । जनमत पार्टीमा विगत केही दिन देखिदै आएको पदाधिकारीहरु बीचको विवाद गहिरिदै गएको छ ।

आज देखी केन्द्रीय समितिको बैठक शुरु हुन लाग्दा पार्टी भित्रको विवाद सतहमा आएको छ । पार्टीका अनुशासन विभागले आर्थिक हिनामिना गरेको आरोप लगाउदै कोषाध्यक्ष सूर्यनारायण यादवलाई स्पष्टीकरण सहित निलम्बन गरेको छ ।

जनमत पार्टीका अध्यक्ष डा.सिके राउतले कोषाध्यक्ष यादवमाथि पार्टीको हिसाब किताब हिनामिना गरेको, पार्टी विभाजनको गतिविधिमा लागेको, पार्टीमा आफ्नै उम्मेदवारलाई हराउन लागेको जस्ता आरोप लगाएर स्पष्टिकरण सोधेका छन । । सात दिनभित्र स्पष्टिकरण दिन भन्दै जनमतले उनलाई पार्टीबाट निलम्बन समेत गरेको छ ।

यता कोषाध्यक्ष यादवले पाँच करोड रकमको हिनामिना अध्यक्ष राउतले गरेको र त्यो हिसाब मांग्दा आफूमाथि कारवाही गरेको आरोप लगाएका छन ।

कोषाध्यक्ष यादवले भनेका छन, ‘डा. राउत संग संगठनमा लागेदेखि प्रत्येक महिना एक लाख, दुई लाख कहिले काही पाँच लाखसम्म दिएको छु, त्यसको हिसाब गर्नुस् कति रकम हुन्छ मैले उहाँलाई रकम दिएको छु त्यो कहाँ खर्च भएको छ कसरी खर्च भएको छ त्यसको हिसाब दिनुपर्छ कि पर्र्दैन, हिसाब दिन किन मान्नु भएको छैन, त्यही हिसाब माग्दा उहाँले पार्टीबाट कारवाही गर्नुभएको छ ।’

सिके राउतले चढ्दै आएको गाडी किन्न पनि आफूले रुपियाँ दिएको दावी गर्दै कोषाध्यक्ष यादवले त्यो गाडी पनि फिर्ता गर्नुपर्ने बताएका छन । त्यो गाडी पनि सिके राउतको नाममा छैन, अरु कसैको नाममा छ तर त्यसमा ७० लाख रुपियाँ आफूले दिएको र त्यो रकम माग्दा उल्टै विभिन्न आरोप लगाउँदै कारवाही गरेको, प्रहरीमा थुन्न लगाउने जस्ता धम्की दिएको बताए । पार्टीभित्र छलफल गरेर मलाई कुरा राख्न दियोस् वा जनताको बिचमा मलाई कुरा राख्न दियोस् कहाँ कहाँ हिसाब छ सबै दिन्छु, उनले भने, ‘मेरो दायित्वमा रहेको हिसाब म दिन्छु सिके राउतको दायित्वमा रहेको हिसाब उहाँलाई दिनु पर्छ ।’

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आइतवार १०:४०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको