बैठक बहिस्कार गरेका जनमत उपाध्यक्ष साह भन्छन–‘अध्यक्षलाई जनताले कारबाही गर्नु पर्छ’



जनकपुरधाम, फागुन २५ । महोत्तरीको बर्दिवासमा जारी जनमत पार्टीको केन्द्रीय समिति बैठक बहिस्कार गरेका उपाध्यक्ष ई. दिपक कुमार साहले अध्यक्षहरुलाई जनताले कारबाही गर्नु पर्ने बताएका छन् ।

आफूहरु समृद्ध र एकीकृत मधेशको पक्षमा रहेको बताउर्दै उपाध्यक्षले त्यसकालागि सबै मधेश केन्द्रित दललाई एकजुट हुनु पर्ने तथा एकतामा आउन नचाहने दलका अध्यक्षलाई जनताले कारबाही गर्नु पर्ने बताएका छन् ।

शीर्ष नेताहरुले पार्टी नेता कार्यकर्तालाई गुलाम ठान्ने प्रवृति हावी हुँदै गएको उल्लेख गर्दै उपाध्यक्ष साहले जनताको मानसिक विकास नभए सम्म यस्ता प्रवृतिको अन्त नहुने दावी समेत गरेका छन् ।

उनका अनुसार अनुशासन समितिको संयोजक समेत रहेका साहलाई केही दिन अघि नै स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणका कारण उनी निलम्बन भएकाले बैठक छाडेर निष्किएका छन् ।

बैठक बहिस्कार सम्बन्धि मधेश टुडेको जिज्ञासामा उपाध्यक्ष साहले आफू बैठक स्थलमा पुगेपनि काम विशेषले सहभागी भई फर्किएको दावी गरेका छन् । तर बैठकमा सहभागी एक नेताले भने पार्टीको अनुशासनको कारबाहीमा परेको बारे जानकारी गराउदा रिसाएर बैठक बाट निस्किएको बताए ।

उनका अनुसार अनुशासन समितिको संयोजक समेत रहेका साहलाई केही दिन अघि नै स्पष्टीकरण सोधिएको थियो । स्पष्टीकरणका कारण उनी निलम्बन भएकाले बैठक छाडेर निष्किएका छन् ।

पार्टीले कारबाही गरेको बारे मधेश टुडेको जिज्ञासामा उपाध्यक्ष साहले त्यसबारे आफूलाई कुनै जानकारी नरहेको प्रतिक्रिया दिए । अनुशासन समितिका संयोजक समेत रहेका साहलाई पहिले नै हटाइएको हुँदा कोषाध्यक्षलाई हटाउँदा अनुशासन समिति सदस्य अनिता कुमारी मण्डलले यादवलाई स्पष्टीकरण सोधेकी छन् ।

जनमतका प्रवक्ता डा. शरदसिंह यादवका अनुसार अनुशासन समितिको संयोजकलाई एक साताअघि नै निलम्बन गरिएको छ । केन्द्रीय कोषाध्यक्ष यादवलाई हटाउँदा चार बुँदेमा आर्थिक अनियमितता र निर्वाचनमा पार्टी अध्यक्षलाई हराउन भूमिका खेलेको आरोप लगाइएको छ । पार्र्टीको जानकारी र अनुमतिबिना गैरआवासीय मधेशी संघमा आबद्ध रहेका विदेशमा बस्दै आएका ६ जनाभन्दा बढी कार्यकर्ता रकम उठाएको उनीमाथि आरोप लगाइएको छ ।

कारबाहीमा परेको उपाध्यक्ष साह र कोषाध्यक्ष यादवका अतिरिक्त करिब आठ जना पदाधिकारी बैठकमा सहभागी नभएको स्रोतदावी छ ।

जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले गठन गरेको सचिवालय अनुकुल नरहेकाहरुलाई विभिन्न बाहानामा पार्टीबाट स्पष्टीकरणको नाउमा हटाउने गरिएको पार्टी स्रोतको दावी छ । सचिवालयमा रहेका केही नेताहरु पार्टी अध्यक्ष र पार्टीमा हावी रहेकै कारण पार्टी भित्र स्पष्टीकरणको खेल भई रहेको स्रोतको दावी छ ।

सचिवालय भित्र नेताहरुको चलखेल पार्टी सरकारमा गएदेखिनै शुरु भएको छ । मधेश प्रदेशका मुख्यमन्त्रीमा दावी गरेका पार्टीका संसदीय दलका नेता महेश यादवलाई पाखा लगाई सतिश सिंहलाई मुख्यमन्त्री बनाउन र पार्टी भित्र पार्टी अध्यक्षलाई समेत बाध्यात्मक परिस्थिति सृजना गर्न केही नेता उद्दत रहेको स्रोतको दावी छ ।

पार्टी सरकारमा गएपछि बढ्दै गएको अपरिपक्व नेताहरुको चलखेलका कारण मधेशमा मात्रै नभई देश भरनै जनताले गरेको विश्वास घात हुँदै गएको उपाध्यक्ष साहको भनाई छ

पार्टीबाट निष्काशन भएका उपाध्यक्ष ई. साहले भने–‘आपूm अहिले पनि पार्टीलाई बलियो बनाउन, जनतामाझ विग्रदै गएको छविमा सुधार ल्याउन र पार्टी अध्यक्षको छवि थप गतिलो बनाउने योजनामा लाग्नेछौं ।’ पार्टी सरकारमा गएपछि बढ्दै गएको अपरिपक्व नेताहरुको चलखेलका कारण मधेशमा मात्रै नभई देश भरनै जनताले गरेको विश्वास घात हुँदै गएको उपाध्यक्ष साहको भनाई छ ।

‘आज देखि शुरु भएको केन्द्रीय समितिको बैठकमा पनि यस बिषयले प्रवेश पाउन छ’ स्रोतले भन्यो–‘कुराकानी त नेताज्यूहरु संग भएको छ, तर यस्तो यस्तो कारवाहीले उनीहरुको मनोबल समेत कमजोर भएको छ कुरा उठ्छ कि उठ्दैन त्यसमा मलाई आजदेखि शंका उत्पन्न हुन थालेको छ ।’

जनमत पार्टीमा वडा देखि केन्द्रीय नेता सम्ममा असन्तुष्टि बढ्दै गएको र पार्टी गठन देखि अहिले सम्म इमान्दारी पूर्वक काम गरेकाहरुलाई कारवाही गर्नुले नेता कार्यकर्तामा असन्तुष्टि बढ्दै गएको छ जसले पार्टीलाई ठूलो नोक्सानी बेहोर्नुपर्ने जनमत पार्टीका नेता कार्यकर्ताहरुको भनाई छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आइतवार १७:४६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको