विमान स्थलमा पूर्व राजाको भब्य स्वागत



काठमाडौं, फागुन २५ । एकसाता लामो पोखरा घुमघामपछि काठमाडौं फर्किएका पूर्व राजा राजा ज्ञानेन्द्र शाहलाई काठमाडौंमा भब्य स्वागत गरिएको छ ।

काठमाडौं फर्किंदा पूर्व राजा शाहलाई राप्रपा लगायत राजावादीहरुले त्रिभुवन विमान स्थलको आन्तरिक उडान तर्फ भब्य स्वागत गरेका हुन् । पूर्व राजाको स्वागतका लागि राजेन्द्र लिङदेन नेतृत्वको राप्रपा,कमल थापा नेतृत्वको राप्रपा नेपाल र राजावादीहरुले बिभिन्न स्थानबाट र्‍यालीसहित प्रदर्शन गरेका थिए । पोखराको बसाइ सकेर पूर्वराजा शाह आज हवाई उडान मार्फत काठमाडौं ओर्लिएका हुन् ।

राजावादीहरुले सडकका दुवै किनारमा उपस्थित भएर पूर्व राजा शाहको स्वागत गरेका छन् । शाह विमानस्थलबाट सीधै महाराजगञ्जस्थित निर्मल निवास पुग्नेछन् । राजावादीहरु उनलाई पुर्‍याउन र्‍यालीसहित निर्मल निवाससम्म पुग्ने कार्यक्रम रहेको छ ।

यही फागुन ७ गते पूर्व राजा शाहले आफूलाई साथ दिन आग्रह गरेपछि राजावादीहरु हौसिएका छन् । सरकारले राजावादीहरुको प्रदर्शनलाई ध्यानमा राखेर काठमाडौं उपत्यकाको सुरक्षा व्यवस्था चुस्त बनाएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २५, आईतवार १६:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको