मिथिला माध्यमिकी परिक्रमा जनकपुरमा, भोली अन्तगृह गर्दै समापन हुने



उग्रनारायण झा (अभिनाश)
जनकपुरधाम, फागुन २९ । १५ दिने मिथिला माध्यमिकी परिक्रमा भारतको अन्तिम विश्रामस्थल विशौल हुँदै जनकपुरधाम पुगेको छ ।

बुधवार राति विशौलमा विश्राम गरेको परिक्रमावासीहरू आज बिहानै जनकपुर पुगेका छन । धनुषा जिल्लाको मिथिला बिहारी नगरपालिकास्थित कचुरीबाट सुरु भएको परिक्रमा यात्राको १४ औं दिनमा जनकपुरधाम पुगेको छ ।

जनकपुरधाम आइपुगेको परिक्रमावासीहरु शुक्रवार विहान अन्तगृह परिक्रमा गर्दै आफ्नो धार्मिक यात्रा समाप्त गर्नेछन् । यस यात्रामा सहभागी हुनेहरूले धार्मिक मान्यताअनुसार मन, वचन र कर्मका पाप नष्ट हुने र मनोकामना पुरा हुने जनविश्वास रहेको छ ।

नेपाल र भारतका धार्मिक, सांस्कृतिक र सामाजिक सद्भावका प्रतीकको रूपमा परिचित मिथिला माध्यमिकी परिक्रमा नेपालका धनुषा र महोत्तरी जिल्लामा तथा भारतको दुई धार्मिक स्थल गरि १५ विश्रामस्थलको मार्फत सम्पन्न हुँदै आएको छ ।

प्रकाशित मिति: २०८१ फाल्गुन २९, बिहिवार ०८:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको