जनकपुरधाम, चैत ३ । एम्बुलेन्सको ठक्कर बाट एक जना अटो चालकको मृत्यु भएको छ ।
जनकपुर–ढल्केवर सडक खण्डमा आइतवार साँझ एम्बुलेन्सको ठक्कर बाट अटो रिक्सा चालकको मृत्यु भएको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।
जनकपुर न्युरो हस्पिटलबाट विरामी लिएर काठमार्डौ जाँदै गरेको स१च १३९२ नम्बर एम्बुलेन्स लक्ष्मिनियाबाट महेन्द्र नगर तर्फ जाँदै गरेको ज१स ३४८७ नम्बरको ई रिक्सालाई रमदैया वाटर पार्क अगाडी ठक्कर दिदा रिक्सा चालक लक्ष्मिनियाँ गापा ७ बस्ने सुरेश यादवको छोरा २४ वर्षीय अर्जुन यादवको घटना स्थलमै मृत्यु भएको इप्रका महेन्द्रनगर प्रहरी निरिक्षक नितेश कुमार सिंहले जनाएका छन ।
उनका अनुसार रिक्सामा सवार लक्ष्मिनिया ७ कै २० वर्षीय शिवम साह र सतिश सदा घाइते भएका छन । घाइतेहरुको रामजानकी मेडिकल कलेज रमदैयामा उपचार भै रहेको छ ।
एम्बुलेन्स र चालक इप्रका महेन्द्रनगरको नियन्त्रणमा रहेको छ । एम्बुलेन्समा रहेको विरामीलाई अर्को एम्बुलेन्स बाट काठमाडौं पठाइएको प्रहरी निरीक्षक सिंहले बताएका छन ।




