दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक



जनकपुरधाम, चैत ५ । दशौँ राष्ट्रिय खेलकुदको लोगो र मस्कट सार्वजनिक गरिएको छ। मंगलबार युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले र राखेपका उपाध्यक्ष ध्रुव आचार्यले संयुक्त रुपमा लोगो र मस्कट सार्वजनिक गरेका हुन्।

मस्कटमा रेड पाण्डा राखिएको छ भने लोगोमा ७ रङ, चन्द्र र सूर्य राखिएको छ।

लोगो र मस्कट दुवै विकास तमकुजुले बनाएका हुन्। ​अध्यक्षतामा बिहीबार बसेको १२१ औं बोर्ड बैठकले दसौं राष्ट्रिय खेलकुद २०८२ साल जेठ ३ देखि १० गतेसम्म गर्ने निर्णय गरेको थियो। दशौँ राष्ट्रिय खेलकुद यसपालि कर्णली प्रदेशमा हुन लागेको छ ।

प्रकाशित मिति: २०८१ चैत्र ५, मंगलवार १८:२८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको