आईपीएल–१८ को उद्घाटन खेल बेंगलुरुले जित्यो, कोलकाता ७ विकेटले पराजित



जनकपुरधाम, चैत ९ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले आईपीएल–१८ को उद्घाटन खेल जितेको छ। टोलीले डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । आरसीबीले ३ वर्षपछि केकेआरलाई पराजित गरेको छ। लगातार ४ हारपछि टोलीले जित हासिल गरेको छ ।

इडेन गार्डेन स्टेडियममा भएको खेलमा बैंगलोरले १६.२ ओभरमा १७५ रनको लक्ष्य पछ्यायो । विराट कोहली ५९ रन बनाएर अविजित फर्किए भने कप्तान रजत पाटीदारले ३४ र फिल साल्टले ५६ रन बनाए । कोलकाताका वरुण चक्रवर्तीले एक विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको कोलकाताले ८ विकेट गुमाउँदै १७४ रन बनाएको थियो । कप्तान अजिंक्य रहाणे (५६ रन) ले अर्धशतक बनाए । सुनिल नारिनले ४४ र अंगक्रिश रघुवंशीले ३० रन योगदान गरे । बैंगलोरका क्रुणाल पाण्ड्याले ३ विकेट लिए । जोश हेजलवुडले २ विकेट लिए । यश दयाल, रसिक सलाम र सुयश शर्माले एक÷एक विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र ९, शनिवार २३:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको