जनकपुरधाम, चैत ९ । धनुषाको लक्ष्मीनिया गाउँपालिकामा बसले ठक्कर दिँदा एक साइकल यात्रीको घटना स्थलमै मृत्यु भएको छ ।
जनकपुरधामबाट काठमाडौँ जानकालागि खुलेको वागमती प्रदेश ०१ ००१ख ६४४१ नम्वरको विराट बसले साइकल यात्रीलाई ठक्कर दिँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ ।
दुर्घटना पछि उपचारकालागि सेन्ट्रल अस्पतालमा लगेपछि उनलाई मृत्त घोषणा गरिएको थियो । मृतक लक्ष्मीनिया गाउँपालिका–१ सिँगरजोरा बस्ने रविन्द्र मण्डलरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।




