जलेश्वर, चैत ११ । महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ का संघीय सांसद शरत सिंह भण्डारी आफ्ना निर्वाचन क्षेत्रलाई लथालिङ्ग छाडेर आफ्नै पैतृक गाउँ औरही नगरपालिकाको मोह देखिएको छ । आफ्नो निर्वाचन क्षेत्रको विकास निर्माण देखि शिक्षा, स्वास्थ्य लगायतमा ध्यान नदिएर आफ्नो नगरपालिकामा एक्कै दिन ८ वटा विकास आयोजनाको उद्घाटन गरेका छन् ।
नगरपालिकाले सडक, पुल, स्वास्थ्य, शिक्षा तथा अन्य भौतिक पूर्वाधारको विकासमा जोड दिँदै विभिन्न योजनाहरूको उनले एक्कै दिन उद्घाटन गरेका छन् । संघीय सरकारको बजेट महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ मा अत्यन्तै कम आउने गरेको छ भने मन्त्री भण्डारी पटक पटक निर्वाचित हुने क्षेत्र भने अभिभावक विहीन बनेको छ ।
उद्घाटन समारोहमा मन्त्री भण्डारीले औरही नगरपालिकाले समग्रनगर विकासलाई तीव्रता दिएको भन्दै प्रशंसा गरे। उनले यी आयोजनाले स्थानीय बासिन्दाको जीवनस्तर उकास्न महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे । अब केन्द्र सरकारले शिक्षालाई शिप संग जोडन औरही नगरपालिका संग सहकार्य गदै अगाडि बढने बताए ।
महोत्तरी निर्वाचन क्षेत्र नम्वर ४ मा घर भई महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ वाट पटक पटक निर्वाचित हुँदै आएको मन्त्री भण्डारी जनतालाई मात्रै ढाड्ने गरेको स्थानीयहरुको आरोप छ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता समेत रहेका मन्त्री भण्डारी महोत्तरी निर्वाचन क्षेत्र नम्वर २ लाई लथालिङ्ग बनाएका छन् ।




