आइपीएल–१८ मा कोलकताको पहिलो जीत,क्विंटन डी कॉकको अविजित ९७ रन



जनकपुरधाम, चैत १३ । डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्स (केकेआर) ले आईपीएल–१८ मा आफ्नो पहिलो जित दर्ता गरेको छ। टोलीले राजस्थान रोयल्सलाई ८ विकेटले पराजित गरेको छ ।

गुवाहाटीको बरसापारा क्रिकेट रंगशालामा कोलकाताले १७.३ ओभरमा २ विकेट गुमाउँदै १५२ रनको लक्ष्य पछ्यायो। क्विन्टन डी ककले ९७ रन बनाएर अविजित रहे। अंगकृष रघुवंशी २२ रनमा अविजित रहे।

टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ८ विकेट गुमाएर १५१ रन बनाएको थियो। ध्रुव जुरेलले सर्वाधिक ३३ रन बनाए। यशस्वी जयस्वालले २९ र कप्तान रियान परागले २५ रन बनाए। कोलकाताका लागि हर्षित राणा, वैभव अरोरा, मोइन अली र वरुण चक्रवर्तीले २/२ विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र १३, बुधवार २३:२७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको