जनकपुरधाम, चैत १४ । इन्डियन प्रिमियर लिग (आईपीएल) को १८ औं सिजनमा लखनऊ सुपरजायन्ट्सले पहिलो जित दर्ता गरेको छ। बिहीबार, टोलीले सनराइजर्स हैदराबादलाई उसैको घरेलु मैदानमा ५ विकेटले पराजित गरेको छ । ३४ रन खर्चेर ४ विकेट लिएका शार्दुल ठाकुर खेलको उत्कृष्ट खेलाडी भए।
लखनउले राजीव गान्धी रंगशालामा बलिङ गर्ने फैसला गरेको थियो । हैदराबादले ९ विकेट गुमाउँदै १९० रन बनायो। ट्राभिस हेडले ४७ र अनिकेत वर्माले ३६ रन बनाए। लखनउले १६.१ ओभरमा ५ विकेट गुमाउँदै लक्ष्य हासिल गर्यो। निकोलस पुरनले ७० र मिचेल मार्शले ५२ रन बनाए। हैदराबादका कप्तान प्याट कमिन्सले २ विकेट लिए।




