तीनकुनेमा राजावादीको आन्दोलन : प्रहरीको गोली लागी घाइते एकको मृत्यु



काठमाडौँ , चैत्र १५, । तीनकुनेमा भएको राजावादीको प्रर्दशनका क्रममा प्रहरीको गोली लागी घाइते भएका एकको मृत्यु भएको छ । घाइते अवस्थामा त्रिवि शिक्षण अस्पतालमा लगिएका प्रदर्शनकारीको अस्पताल पुर्‍याउँदा नै मृत्यु भइसकेको अस्पताल निर्देशक प्राडा सुवास आचार्यले बताए । उनका अनुसार प्रहरीको समन्वयमा मृतकको पोस्टमार्टमका लागि फरेन्सिक विभागमा पठाइसकिएको छ ।

मृतकको विस्तृत परिचय खुलिनसकेको प्रहरी स्रोतले बतायो । तीनकुनेमा भएको आन्दोलनमा प्रहरीले सुरुमा अश्रुग्यास प्रहार गरेको थियो भने पछि रबरको गोली र हवाइ फायर पनि गरेको थियो ।

प्रदर्शनकारीहरुले प्रहरीको बन्दुक नै खोसेको र सा‌ंघातिक आक्रमण गरेका दृश्यहरु सामाजिक संजालमार्फत सार्वजनिक भएको थियो ।

प्रदर्शनकारीले व्यक्तिका घर, पसल, सञ्चार गृह र सरकारी सम्पत्तिमा आगजनी गरेका थिए भने कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन कम्पनी लिमिटेडको कार्यालयमा आगजनी र कोटेश्वरस्थित भाटभटेनीमा तोडफोड र लुटपाट पनि भएको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र १५, शुक्रवार १८:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको