हलेसीमा निःशुल्क आँखा शिविर



खोटाङ, चैत १७ । नेपाल नेत्रज्योति सङ्घले हलेसी बजारमा आयोजना गरेको निःशुल्क शल्यक्रियासहितको आँखा शिविरमा ६०३ जना लाभान्वित भएका छन् ।

लहानस्थित सगरमाथा चौधरी आँखा अस्पतालको प्राविधिक तथा हलेसी तुवाचुङ नगरपालिकाको आर्थिक सहयोगमा यही चैत १४, १५ र १६ गतेसम्म सञ्चालन भएको शिविरमा १०७ जनाको शल्यक्रिया गरिएको थियो ।

शिविरमा ४४५ जनालाई औषधि तथा ७५ जना ज्येष्ठ नागरिकलाई चस्मा वितरण गरिएको नेत्रज्योति सङ्घका अध्यक्ष इन्द्र कसजूले राससलाई जानकारी दिनुभयो । शिविरमा सगरमाथा चौधरी आँखा अस्पताल लहानका मुख्य शल्य चिकित्सक डाक्टर दिवाकर चौधरीसहित १६ जनाको प्राविधिक टोली परिचालन भएको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र १७, आईतवार १२:०१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको