गुजरात टाइटन्ससँग मुम्बई इन्डियन्स पराजित, प्रश्नको घेरामा रोहित शर्मा



जनकपुरधाम, चैत १७ । इन्डियन प्रिमियर लिगको १८ औं सिजनको नवौं खेलमा गुजरात टाइटन्सले मुम्बई इन्डियन्सलाई ३६ रनले पराजित गरेको छ । गुजरातले मुम्बई इन्डियन्सलाई जितका लागि २० ओभरमा १९७ रनको लक्ष्य दिएको थियो । तर मुम्बई इन्डियन्सले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।

लगातार दोस्रो हारपछि मुम्बई इन्डियन्सका पूर्व कप्तान रोहित शर्माको फर्म फेरि प्रश्नको घेरामा परेको छ । पहिलो खेलमा खाता पनि नखोल्न सफल रोहित शर्माले दोस्रो खेलमा पनि आफ्नो इनिङ ८ रनभन्दा माथि पु¥याउन सकेनन् ।

गुजरातको जितका नायक साई सुदर्शन थिए जसले ६३ रनको इनिङ खेले र टोलीको स्कोरलाई १९६ रनमा पु¥याउन महत्वपूर्ण भूमिका खेले । साई सुदर्शन बाहेक गुजरातका बलरहरूले पनि उत्कृष्ट प्रदर्शन गरे । प्रसिद्ध कृष्ण र मोहम्मद सिराजले दुई–दुई विकेट लिए ।
प्रसिद्ध कृष्ण खेलको प्लेयर अफ द म्याच चुनिए । यससँगै गुजरातले यस सिजनमा पहिलो जित दर्ता गर्न सफल भएको छ ।

रोहित शर्माको खराब फर्म
१९७ रनको ठूलो लक्ष्य पछ्याउँदै आएको मुम्बई इन्डियन्सले रोहित शर्माबाट राम्रो सुरुवातको अपेक्षा गरेको थियो । पहिलो ओभरको दोस्रो र तेस्रो बलमा चौका प्रहार गर्दै रोहित शर्माले आफ्नो पुरानो लय देखाउने प्रयास गरे ।

तर उनी सिराजको बलमा बोल्ड भए र ८ रन बनाएर प्याभेलियन फर्किए । रोहित शर्मा आउट हुँदा मुम्बई इन्डियन्सको स्कोर ०.४ ओभरमा एक विकेट गुमाएर ८ रन थियो ।

सुरुवाती झट्का पछि, तिलक वर्माले सूर्यकुमार यादवसँग मिलेर इनिङ सम्हाल्ने प्रयास गरे । तर तिलक वर्माको इनिङ निकै स्लो थियो र उनी कृष्णाको बलमा ३६ बलमा ३९ रन बनाएर पेभिलियन फर्किए ।

सूर्यकुमार यादवले राम्रो लयमा देखिन्थे र ४८ रन बनाएर मुम्बई इन्डियन्सलाई खेलमा टिकाइराख्ने प्रयास गरे । तर, सूर्यकुमार यादवले अन्य कुनै पनि ब्याट्सम्यानबाट साथ पाएनन् । मुम्बई इन्डियन्सले २० ओभरमा ६ विकेट गुमाएर १६० रन मात्र बनाउन सक्यो ।
रोहित शर्माले हालसम्म आईपीएलमा २५८ खेल खेलेका छन् र लगभग २९ को औसतमा ६,६२८ रन बनाएका छन् । रोहित शर्माले आईपीएलमा दुई शतक र ४३ अर्धशतक बनाएका छन् ।

तर पछिल्ला केही वर्षहरूमा, आईपीएलमा रोहित शर्माको प्रदर्शनमा निरन्तर गिरावट आएको छ । २०१६ पछि, रोहित शर्माले कुनै पनि आईपीएल सिजनमा ३२ भन्दा बढीको औसतमा रन बनाउन सकेका छैनन् । २०१६ पछि, रोहित शर्माले २०१९ र २०२४ मा मात्र एक सिजनमा ४०० भन्दा बढी रन बनाएका छन्।

२०२२ र २०२३ मा रोहित शर्माको प्रदर्शन धेरै निराशाजनक रहेको छ । २०२२ मा, रोहित शर्माले १४ खेलमा १९.१४ को औसतमा २६८ रन बनाए । २०२३ मा, रोहित शर्माले १६ खेलमा २०.७५ को औसतमा केवल ३३२ रन बनाए ।

गुजरातको शानदार प्रदर्शन
सिजनको पहिलो खेल हारेपछि शुभमन गिलको टोलीले बलियो पुनरागमन गरेको छ । साई सुदर्शनको अर्धशतक बाहेक कप्तान शुभमन गिलले ३८ रनको इनिङ खेले । गिलले साईसँग मिलेर पहिलो विकेटको लागि ८.३ ओभरमा ७८ रनको साझेदारी गर्दै ठूलो स्कोरको जग बसाले ।

जोस बटलरले ३९ रनको पारी खेल्दै आफ्नो राम्रो सुरुवातलाई निरन्तरता दिए । तर, मध्यक्रममा गुजरातका कुनै पनि ब्याट्सम्यानले १८ रनभन्दा बढी बनाउन सकेनन् र गुजरातले २० ओभरमा ८ विकेट गुमाउँदै १९६ रन बनायो । मुम्बई इन्डियन्सका लागि कप्तान हार्दिक पाण्ड्याले चार ओभरमा २९ रन दिएर दुई विकेट लिए ।

प्रकाशित मिति: २०८१ चैत्र १७, आइतवार ०८:१९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको