जनकपुरधाम, चैत १८ । आईपीएल–२०२५ मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो हार बेहोरेको छ । आइतबार भएको दोस्रो खेलमा, सीएसके राजस्थान रोयल्ससँग ६ रनले पराजित भएको छ । राजस्थानले यस सिजनमा पहिलो जित हासिल गरेको छ भने चेन्नईको यो दोस्रो हार हो ।
गुवाहाटीमा १८३ रनको लक्ष्य पछ्याउँदै चेन्नईले २० ओभरमा ६ विकेट गुमाएर १७६ रन मात्र बनाउन सक्यो । रविन्द्र जडेजा ३२ रनमा अविजित रहे । एमएस धोनी ११ बलमा १६ रन बनाएर आउट भए । कप्तान रितुराज गायकवाडले ६३ रनको इनिङ खेले । वानिन्दु हसरंगाले ४ विकेट लिए ।
टस हारेर ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ९ विकेट गुमाएर १८२ रन बनाएको थियो । नितिश राणाले ३६ बलमा ८१ रन बनाए । जबकि कप्तान रियान परागले ३७ रन बनाए । खलिल अहमद, नूर अहमद र मथिस पाथिरानाले २–२ विकेट लिए ।
दिल्लीको लगातार दोस्रो जित, हैदराबाद ७ विकेटले पराजित
दिनको पहिलो खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदराबादलाई ७ विकेटले पराजित गरेको छ । दिल्ली क्यापिटल्सले आईपीएल–२०२५ मा लगातार दोस्रो जित हासिल गरेको छ । आइतबार भएको पहिलो खेलमा टोलीले हैदराबादलाई ७ विकेटले पराजित गरेको थियो ।
विशाखापट्टनममा दिल्लीले १६४ रनको लक्ष्य १६ ओभरमा ३ विकेट गुमाएर पूरा गर्यो । ओपनर फाफ डु प्लेसिसले ५० रनको इनिङ खेले । ज्याक फेजर मगार्कले ३८ रनको योगदान दिए । दुवैले ८१ रनको ओपनिङ साझेदारी गरे । केएल राहुलले १५ रन बनाए । अभिषेक पोरेल ३४ र ट्रिस्टन स्टब्स २१ रनमा अविजित रहे। जीशान अन्सारीले ३ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको हैदरावाद १८.४ ओभरमा १६३ रनमा अलआउट भयो। अनिकेत वर्माले ४१ बलमा ६ छक्काको मद्दतले ७४ रन बनाए। मिचेल स्टार्कले ५ विकेट लिए। कुलदीप यादवले ३ विकेट लिए।




