राजावादीलाई खबरदारी गर्दै एमालेले निकाल्यो मोटरसाइकल रैली



राजविराज, चैत १८ । “राजा आउ देश बचाउ” मुख्य नाराका साथ अघिल्लो दिन राष्ट्रिय प्रजातन्त्र पार्टी सप्तरीको अगुवाइृमा राजावादीहरुले मशाल जुलुस प्रदर्शन गरेको भोली पल्टै नेकपा एमाले सप्तरीले सोमवार मोटरसाइकल रैली मार्फत खबरदारी गरेको छ ।

राजावादीको गतिविधि बढ्दै गएको बेला एमालेले मोटरसाइकल रैली र सभा मार्फत उनीहरुलाई खबरदारी गरेको हो ।
“प्रतिगामीहरु होशियार, संघीय लोकतन्त्र र गणतन्त्र जिन्दावाद” लगायतका नारावाजी गर्दै निस्केको मोटरसाइकल ¥याली नगर परिक्रममा पश्चात स्थानीय जनआन्दोलन चौकमा पुगी सभामा परिणत भएको थियो ।

सभालाई एमालेका जिल्ला इन्चार्ज एवं एमालेका पोलिट ब्यूरो सदस्य सुमनराज प्याकुरेल, जिल्ला अध्यक्ष ताराकान्त चौधरी, सचिव देवनाथ यादव, मधेश प्रदेश कमिटि सदस्य रत्ना तामाङ, राष्ट्रिय युवा संघ नेपालका जिल्ला इन्चार्ज चितरंजन यादव, एमाले रुपनी गाउँपालिका कमिटिका सचिव रंजित भगत लगायतले सम्बोधन गर्दै राज संस्था कुनै पनि हालतमा नफर्किने दाबी गरे । उनीहरुले राजा फर्किने सपना नदेख्न राजावादीहरुलार्इ सचेत गराउदै हजारौंको बलिदानबाट प्राप्त उपलब्धीको रक्षा गर्न आफुहरु जुनसुकै लडाई लड्न तयार रहेको चेतावनी समेत दिएका थिए ।

अघिल्लो दिन राष्ट्रिय प्रजातन्त्र पार्टीको अगुवाईमा राजावादीहरुले सदरमुकाम राजविराजमा “राजा आउ देश बचाउ”, पक्राउ परेको नेता कार्यकर्ता रिहा गर लगायतका नाराबाजी गर्दै मशाल जुलुस प्रदर्शन गरेका थिए ।

प्रकाशित मिति: २०८१ चैत्र १८, सोमवार १८:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको