जनकपुरधाम, चैत १८ । नेपाली कांग्रेसका पूर्वउपसभापति एवं सांसद विमलेन्द्र निधिले सामाजिक क्षेत्रको विकासमा निजी क्षेत्रको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
जनकपुरधाम उपमहानगरपालिका–११ वडा कार्यालयद्वारा आयोजित ज्येष्ठ नागरिक तथा अपाङ्गको सम्मान कार्यक्रमसहित निःशुल्क आँखा शिविरको आज उद्घाटन गर्दै उनले देशको आर्थिक, सामाजिक र शिक्षाको विकासका साथै रोजगारी प्रदान गर्न निजी क्षेत्र र सरकारी निकाय हातोमालो गरेर अगाडि बढ्नुपर्ने बताए । उनले लोकतन्त्रको संस्थागत विकासमा एकजुट भएर अगाडि बढ्नुपर्नेमा जोड दिए ।
शिविरमा ज्येष्ठ नागरिक तथा अपाङ्गता भएका व्यक्तिलाई सम्मान गरिएको थियो । स्वास्थ्य सेवाको पहुँच वृद्धि गर्ने उद्देश्यले आयोजित निःशुल्क आँखा शिविरमा दर्जनौँ नागरिकले आँखाको जाँच गराएका छन् । शिविरमा विशेष गरी ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको थियो ।




