आईपीएल २०२५ मा मुम्बईले जित्यो पहिलो खेल, कोलकातालाई ८ विकेटले गर्यो पराजित



जनकपुरधाम, चैत १८ । आइपीएल २०२५ मा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । टोलीले १२.५ ओभरमा ११७ रनको लक्ष्य पछ्यायो । रायन रिकेल्टन ६२ र सूर्यकुमार यादव २७ रनमा अविजित रहे। रोहित शर्माले १३ र विल ज्याक्सले १६ रन बनाए। दुवैलाई आन्द्रे रसेलले आउट गरे।

सोमबार, मुम्बईले वानखेडे स्टेडियममा टस जितेर बलिङ गर्ने निर्णय गर्यो। कोलकाता नाइट राइडर्सको टोली १६।२ ओभरमा ११६ रनमा अलआउट भयो। एमआईका लागि डेब्यू गर्दै आएका अश्विनी कुमारले ३ ओभरमा ४ विकेट लिए। उनी आफ्नो डेब्यू आईपीएल खेलमा ४ विकेट लिने पहिलो भारतीय बने।

अश्विनी बाहेक दीपक चाहरले २ विकेट लिए। ट्रेन्ट बोल्ट, हार्दिक पाण्ड्या, विग्नेश पुथुर र मिचेल सान्टनरले एक(एक विकेट लिए। कोलकाताका लागि अंगक्रिश रघुवंशीले सर्वाधिक २६ र रमनदीप सिंहले २२ रन बनाए।

प्रकाशित मिति: २०८१ चैत्र १८, सोमवार २३:०८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको