जनकपुरधाम, चैत १९ । मधेश प्रदेश क्रिकेट संघले ८ पुरुष र २ महिला गरी कुल १० जना खेलाडीलाई अनुबन्धन गरेको छ । क्रिकेट संघ मधेश प्रदेशले प्रतिभाशाली क्रिकेटरहरूको लागि वार्षिक सम्झौता हस्ताक्षर घोषणा गर्न पाउँदा हामी गर्व महसुस गरेको जनाएको छ । यस वर्ष, ८ पुरुष खेलाडीहरू र २ महिला खेलाडीहरूलाई उनीहरूको समर्पण, प्रदर्शन र खेलप्रतिको प्रतिबद्धतालाई मान्यता दिँदै सम्झौता प्रदान गरिएको संघले जनाएको छ ।
संघले पुरुष खेलाडीहरूमा पवन सर्राफ, हरिशंकर साह, अभिषेक तिवारी, रोहन बीक, विशाल पटेल, अर्निको यादव, प्रदीप पासवान, रन्जित कुमारलाई अनुबन्धन गरेको छ भने महिला खेलाडीहरूमा रोजी कादारी र अलिशा यादवलाई अनुबन्धन गरेको जनाएको छ । सवै खेलाडीले संघबाट बार्षिक १ लाख २० हजार सेवा सुविधा पाउने जनाइएको छ ।
सबै खेलाडीहरूलाई बधाई दिँदै संघले भनेका छन्–‘तपाईंको कडा परिश्रमले मधेशका क्रिकेटरहरूको अर्को पुस्तालाई प्रेरणा दिइरहेको छ। आगामी सिजनको लागि शुभकामना ।’




