“किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियानको शुभारम्भ



राजविराज, चैत २१ । दिगो कृषि उत्पादका लागी मधेश प्रदेशमा सप्तरीबाट विहीवार देखी राष्ट्रिय खाद्य बंैक लिमिटेड काठमाण्डौंद्वारा “ किसानको आली देखी उपभोक्ताको थाली सम्म” अभियान सुरु भएको छ ।

सप्तरी उधोग बाणिज्य संघको समन्वयमा राजविराजमा आयोजित एक कार्यक्रमबीच प्रमुख अतिथी राष्ट्रिय खाद्य बैक लि.का अर्थ संयोजक दिपेन्द्र बहादृुर क्षेत्रीले कार्यक्रमस्थलमा राखिएको फुलको गमलामा पानी हालेर उक्त अभियानको शुभारम्भ गरेका हुन ।

सप्तरीबाट सुरु भएको उक्त अभियान मधेश प्रदेशको ८ वटै जिल्लामा पु¥याउने कार्यक्रम रहेको छ । अभियानको शुभारम्भ गर्दै कार्यक्रमका प्रमुख अतिथी क्षेत्रीले खाद्य क्षेत्रमा भएको विद्यमान आवश्यक्तालाई परिपुर्ती गर्न, आफैले उत्पादन, भण्डारण र बाजारीकरण गर्न तथा खाद्य सुरक्षा र खाद्य सम्प्रभुताको संरक्षण गर्न लगायतका विषय समेटेर अभियानको थालनी गरिएको बताए ।

स्थानीय तहको समन्वयमा कृषि क्षेत्रको अध्यन अनुसन्धान गरी ठाउँ अनुसारको बाली उत्पादनमा प्रोत्साहन गर्ने योजना रहेको उनले सुनाए । उनले खुला सिमानाका कारण सरकारले तोकेको सर्मथन मुल्यका आधारमा प्रतिस्पर्धा गर्नु पर्ने भएकाले परिस्थिती अनुसार पारीबाट आउने वस्तुसीत नेपाली किसानले गरेको उत्पादनले सरकारले तोकेको सर्मथन मूल्यका आधारमा प्रतिस्पर्धा गर्न कठिन हुने बताउदै परिस्थिती अनुसार मुल्य समायोजनमा राष्ट्रिय खाद्य बैंकले सहजीकरण गरिदिनु उपयुक्त हुने बताए ।

राष्ट्रिय खाद्य बैंक लि.का संस्थापक अध्यक्ष एवं राष्ट्रिय कार्यक्रम संयोजक शंकरनाथ उप्रेतीले खाद्यान्न उत्पादन गर्दै उत्पादित खाद्यान्नको बजारिकरण गर्ने, रैथाने कृषि उपजको अध्ययन, अनुसन्धान गर्न जोड दिने तथा वातावरण र माटोको संरक्षण गर्दै दिगो कृषिका नमुनालाई बढावा दिने उदेश्यका साथ आफुहरु किसानको “आली देखी उपभोक्ताको थाली” सम्म अभियान लिएर निस्केको बताए ।

उद्योग बाणिज्य संघ सप्तरीका अध्यक्ष लालुप्रसाद अग्रवालले कुनै बेला यहाँका खाद्यान्न भारतीय बजारमा निर्यात हुने गरेकोमा अहिले मलखाद्य, विऊ विजनको अभाव तथा लागत अनुसारको आम्दानी हुन नसक्दा किसानहरु अन्य पेशामा लाग्न बाध्य भइरहेको बताए । स्थानीय उत्पादनले माग धान्न नसक्दा अहिले करौडोको खाद्यान्न आयत हुन थालेको छ, अध्यक्ष अग्रवालले भने– किसानलाई कृषि पेशा मै टिकाई राख्न तिनै तहका सरकारले प्रोत्साहनका ठोस कार्यक्रम ल्याउनु जरुरी छ ।

कार्यक्रममा राष्ट्रिय खाद्य बैंक लि.का सचिव प्रा.डा.जिवनाथ धिताल, म्यानेजिङ डाइरेक्टर जीपी ढुङ्गेल, अन्तराष्ट्रिय मार्केंटिङ निर्देशक केदार पराजुली, प्राविधीक विभागका इन्जिनीयर संतोष प्रसाई, मार्केटिङ डाइरेक्टर दिनेश प्रसाद अधिकारीका साथै उधोग बाणिज्य महासंघका केन्द्रीय सदस्य अरुण प्रधान, राजविराज नगरपालिकाका कार्यवाहक नगर प्रमुख इसरत परवीन, सुरुंङ्गा नगरपालिकाका नगर प्रमुख गीता चौधरी, तिलाठी कोइलाडी गाउँपालिकाका अध्यक्ष अरुण मण्डल, रुपनी गाउँपालिकाका अध्यक्ष दिनेश कुमार यादव लगायतले पनि बोल्दै किसान र कृषि क्षेत्रमा देखिएको समस्याबारे चर्चा गर्दै आ–आफना धारणा राखेका थिए ।

कार्यक्रम संचालन राजेश्वरी थापा र पंकज पोखरेलले गरेका थिए । कार्यक्रममा विभिन्न राजनीति दल, किसान तथा उपभोक्ता मंचका प्रतिनीधीहरुको पनि उल्लेख्य सहभागिता रहेको थियो ।

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिवार २०:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको