हैदराबादको लगातार तेस्रो खेल हार, कोलकाता ८० रनले बिजयी



जनकपुरधाम, चैत २१ । सनराइजर्स हैदराबादले आईपीएल २०२५ मा लगातार तेस्रो हार बेहोरेको छ। बिहीबार हैदरावादलाई डिफेन्डिङ च्याम्पियन कोलकाता नाइट राइडर्सले ८० रनले पराजित गरेको छ।

इडेन गार्डेन स्टेडियममा २०१ रनको लक्ष्य पछ्याउँदै हैदराबाद १६.३ ओभरमा १२० रनमा अलआउट भयो । बरुण चक्रवर्ती र वैभव अरोराले ३–३ विकेट लिए । हैदराबादका लागि हेनरिक क्लासेनले ३३ र कामिन्दु मेन्डिसले २७ रन बनाए ।

टस हारेर ब्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाउँदै २०० रन बनाएको थियो । हेनरिक क्लासेन ३३, कामिन्दु मेन्डिस २७, नितिश रेड्डी १९, ट्राभिस हेड ४, इशान किशन २ र अभिषेक शर्मा २ रन बनाएर आउट भए । वैभव अरोराले ३ विकेट, सुनील नारिन, हर्षित राणा र आन्द्रे रसेलले एक/एक विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र २१, बिहिवार २३:१८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको