जनकपुरधाम, चैत २२ । जनता समाजवादी पार्टी नेपाल महोत्तरी गाँउ पालिकाको बुधवार सम्पन्न अधिवेशन बाट अजय जंग राय सर्वसम्मत चयन भएका छन ।
२०७१ सालमा तत्कालिन संघीय समाजवादी फोरम नेपालको तत्कालिन महोत्तरी गाविसको वडा सदस्य बाट राजनीतिक थालेको अजय दोस्रो पटक पालिका अध्यक्ष चुनिएका छन ।

ब्याचलर अफ कम्प्युटर एप्लिकेसन सम्मको अध्ययन गरेका अजय समाजसेवाको भावना बोकी राजनीतिमा आएका हुन । उनि २०७४ र २०७९को स्थानीय निर्वाचनमा तत्कालिन फोरम र हाल जनता समाजवादी पार्टीबाट पालिका अध्यक्षको निर्वाचन समेत लडि सकेका छन । पछिल्लो निर्वाचनमा करिब पौने २ सय मतले पराजित भएपनि अजय समाजिक गतिविधिमा सक्रिय छन । निर्वाचनको परिणामले जनसेवाको भावलाई झन तीब्र बनाएको बताउने अजय जंग निरन्तर जनताको बीचमा रहने प्रतिनिधिको रुपमा चिनिन्छन ।
त्यसैले पनि होला उनि जसपाको पालिका अध्यक्ष बन्ने इच्छा व्यक्त गरे पछि सबैलाई उनलाई सर्वसम्मत अध्यक्षमा चयन गरेका हुन ।
उनि संगै समितिको समितिको उपाध्यक्षमा रामनन्दन यादव, राम आधार भण्डारी, सचिवमा उमेश ठाकुर, उपसचिवमा सकलदेव पासवान, विजय महतो र कोषाध्यक्षमा अन्जना नायक सर्वसम्मत चयन भएका छन ।






