सडकमा सुतेर शिक्षहरुको प्रदर्शन



काठमाडौं, चैत २३ । काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका शिक्षकहरुले आज नयाँ बबरमहल–बानेश्वरको सडकमा सुतेर प्रदर्शन गरेका छन् ।

केही दिनदेखि बबरमहल–नयाँ बानेश्वर सडकमा नारा–जुलुससहित प्रदर्शन गरिएका शिक्षकहरूले आज आधा घण्टा सुतेर प्रदर्शन गरेका हुन् ।

नेपाल शिक्षक महासंघको नेतृत्वको आन्दोलनका लागि देशभरका शिक्षकहरू काठमाडौं केन्द्रित भएका छन् ।

शिक्षकहरू शिक्षा ऐनको माग गर्दै आन्दोलनमा उत्रिएका हुन् । यसबेला संसदको अधिवेशन पनि अन्त्य भएकोले शिक्षकहरूले अध्यादेशबाट भए पनि ऐन बनाउन माग गरेका छन् ।

अध्यादेश सम्भव नभए छिट्टै बर्खे अधिवेशन बोलाएर ऐन बनाउनुपर्ने या त विशेष अधिवेशन बोलाएर पनि आफूहरूको माग पूरा गर्नुपर्ने अडान शिक्षकहरूको छ ।

आन्दोलनमा उत्रिएका शिक्षकहरुले सरकारले बोलाएको वार्ता पनि अस्वीकार गर्दै आएका छन् ।

 

प्रकाशित मिति: २०८१ चैत्र २३, शनिवार १४:३६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको