पञ्जाब किंग्स ५० रनले पराजित



जनकपुरधाम, चैत २३ । आईपीएल–२०२५ को १८ औं खेलमा राजस्थान रोयल्स (आरआर) ले पञ्जाब किंग्स (पीबीकेएस) लाई ५० रनले पराजित गरेको छ। टोलीले लगातार दोस्रो खेल जितेको छ भने पञ्जाब यस सिजनमा पहिलो पटक हार बेहोरेको छ।

शनिबार मुल्लानपुरको महाराजा यादविन्द्र सिंह क्रिकेट रंगशालामा २०६ रनको लक्ष्य पछ्याएको पञ्जाबले २० ओभरमा ९ विकेट गुमाएर १५५ रन मात्र बनाउन सक्यो। नेहल वधेराले ४१ बलमा ६२ रनको इनिङ खेले। उनले ग्लेन म्याक्सवेल (३० रन) सँग ८८ रनको साझेदारी गरे तर टोलीलाई जित दिलाउन सकेनन्। जोफ्रा आर्चरले ३ विकेट लिए। सन्दीप शर्मा र महेश टिक्षणाले २(२ विकेट लिए।

टस हारेर पहिले ब्याटिङ गरेको राजस्थानले २० ओभरमा ४ विकेट गुमाउँदै २०५ रन बनाएको थियो। यो यस रंगशालामा भएको आइपीएलको उच्चतम स्कोर हो। जयस्वालले ४५ बलमा ६७ रन बनाए भने रियान परागले २५ बलमा अविजित ४३ रन बनाए।

प्रकाशित मिति: २०८१ चैत्र २३, शनिवार २३:४३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको