बजेट सकाउदै आयल निगम, अनारी ग्यास व्यवसायी



जनकपुरधाम , चैत २३ । नेपाल आयल निगम जनचेतनाको नाममा बजेट सकाउने काममा जुटेको छ । ग्यास चुहिएर हुन सक्ने सम्भावित खतराको बारेमा आम उपभोक्तालाई दिनुपर्ने जानकारी नेपाल आयल निगमले ग्यास विक्रेताहरुलाई दिँदै हिडेका छन् ।

जनकपुरधाममा शनिवार नेपाल आयल निगमले एक कार्यक्रम गरेर ग्यास विक्रेताहरुलाई सम्भावित आगलागीबाट कसरी बच्ने हो त्यस बिषयमा जनचेतनामुलक प्रशिक्षण दिएको हो । तालिममा निगमसँग आबद्ध आगो नियन्त्रण विशेषज्ञहरूले ग्यास सिलिण्डरमा लिक वा अन्य कारणले आगलागी भएमा कसरी सुरक्षित तरिकाले निभाउने भन्नेबारे प्रशिक्षण दिएका थिए ।

जवकी लिक भएको सिलिण्डर एक त कम्पनीले पठाउँदैन, पठाए पनि त्यो तालिमकको आवश्यकता कम्पनीलाई रहेको छ कि त आम उपभोक्ताहरुलाई । जनकपुरधाम–५ का विकास साहले भने–‘यो सरासर बैमानि हो, बजेट पचाउने खालको कार्यक्रम हो ।’

गर्मी मौसममा कुनै पनि कारणले आगलागी हुन सक्छ, जनकपुरधाम उप–महानगरपालिकाका–४ का रविन्द्र ठाकुर भन्छन्–‘ग्यास व्यवसायीलाई ग्यासवाट हुन सक्ने सम्भावित खतराको बारेमा जानकारी छैन् भने ठिक्कै हो, तर आयल निगम आम जनताको नरहेको अनुभूति भएको छ ।’

नेपाल आयल निगमले आम जनताको बारेमा सोच्नुपर्ने जनकपुरधामबासीको माग छ । उनीहरुले बजेट पचाउनकै लागि यस्ता कार्यक्रम गरिएको छ भने सवैले लुट्दै छ नेपाल आयल निगमले अलिकता लुट्यो भने त्यसमा बढी पिर मान्नु नपर्ने जनकपुरधाम–९ का मनोज साह बताउँछन् ।

प्रकाशित मिति: २०८१ चैत्र २३, शनिवार २२:४१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको