जनकपुरधाम, चैत २४ । सनराइजर्स हैदराबादले आईपीएल २०२५ मा लगातार चौथो हार बेहोरेको छ। घरेलु टोली गुजरातसँग ७ विकेटले पराजित भएको छ। गुजरातले लगातार तेस्रो खेल जितेको छ।
हैदराबादको राजीव गान्धी अन्तर्राष्ट्रिय रंगशालामा १५३ रनको लक्ष्य गुजरातले १६.४ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो। कप्तान शुभमन गिलले ६१ रनको अविजित इनिङ खेले। जबकि शेर्फेन रदरफोर्ड ३५ रनमा अविजित रहे। वासिङ्टन सुन्दरले ४९ रन बनाए। मोहम्मद शामीले २ विकेट लिए भने कप्तान प्याट कमिन्सले एक विकेट लिए।
गुजरातले टस जितेर बलिङ रोज्यो। हैदराबादले २० ओभरमा ८ विकेट गुमाएर १५२ रन बनायो। नितिश कुमार रेड्डी (३१ रन) र हेनरिक क्लासेन (२७ रन) ले एक मात्र अर्धशतक साझेदारी गरे। मोहम्मद सिराजले ४ विकेट लिए। प्रसिद्ध कृष्ण र साई किशोरले २/२ विकेट लिए ।




