वानखेडेमा १० वर्षपछि मुम्बईमाथि बैंगलोरको जित, १२ रनले मुम्वई पराजित



जनकपुरधाम, चैत २५ । रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी) ले सोमबार आईपीएल २०२५ मा मुम्बई इन्डियन्स (एमआई) लाई १२ रनले पराजित गरेको छ। टोलीले १० वर्षपछि वानखेडे स्टेडियममा मुम्बईलाई हराउन सफल भएको छ। त्यो अन्तिम जित २०१५ सिजनमा आएको थियो।

मुम्बईले टस जितेर बलिङ रोज्यो। बेंगलुरुले २० ओभरमा ६ विकेट गुमाउँदै २२१ रन बनायो। जवाफमा मुम्बईले २० ओभरमा ९ विकेट गुमाएर २०९ रन मात्र बनाउन सक्यो। कप्तान हार्दिक पाण्ड्या (४२) र तिलक वर्मा (५६) ले ३४ बलमा ८९ रनको साझेदारी गर्दै आफ्नो टोलीलाई रन पछ्याउने स्थितिमा राखे, तर यो जोडी आउट भएलगत्तै टोलीले खेल हारेको थियो। बैंगलोरका लागि क्रुणाल पाण्ड्याले ४ विकेट लिए। यश दयाल र जोश हेजलवुडले २(२ विकेट लिए।

बेंगलुरुका लागि विराट कोहली (६७ रन) र कप्तान रजत पाटीदार (६४ रन) ले अर्धशतक प्रहार गरे। जितेश शर्माले अविजित ४० रन र देवदत्त पडिक्कलले ३७ रनको योगदान दिए । ट्रेन्ट बोल्ट र हार्दिक पाण्ड्याले २/२ विकेट लिए। विग्नेश पुथुरले एक विकेट लिए।

प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार ००:०२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको