जनकपुरधाम, चैत २६ । चेन्नई सुपर किंग्सले आईपीएल २०२५ मा लगातार चौथो हार बेहोरेको छ। पञ्जाब किंग्सले चेन्नईलाई १८ रनले पराजित गरेको छ। पञ्जाबले सिजनमा तेस्रो जित हासिल गरेको छ।
मंगलबार मुल्लानपुरस्थित महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय रंगशालामा २२० रनको लक्ष्य पछ्याउँदै चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर २०१ रन मात्र बनाउन सक्यो । डेभन कोनवे ४९ बलमा ६९ रन बनाएर रिटायर आउट भए। एमएस धोनीले १२ बलमा २७ रन बनाए। लकी फर्गुसनले २ विकेट लिए।
टस जितेर ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ६ विकेट गुमाएर २१९ रन बनाएको थियो। पञ्जाबका लागि प्रियांश आर्यले ४२ बलमा १०३ रन बनाए । उनले ३९ बलमा आफ्नो शतक पूरा गरे। प्रियांश बाहेक शशांक सिंह ५२ र मार्को जानसेन ३४ रनमा अविजित रहे। खलिल अहमद र रविचन्द्रन आश्विनले २/२ विकेट लिए।




