लेक लागेर पर्यटकको मृत्यु 



मनाङ, चैत २६ । तिलिचो तालबाट फर्कने क्रममा लेक लागेर एक जना कोरियाली नागरिकको मृत्यु भएको छ । जिल्लाको ङिस्याङ गाउँपालिका–९ थोरोज खोला भन्ने स्थानमा उनको मृत्यु भएको हो ।

आज बिहान म्येङोक जोङ नाम गरेका पर्यटकको ज्यान गएको सहायक प्रमुख जिल्ला अधिकारी युवराज अर्यालले राससलाई बताउनुभयो ।

दिवङ्गत पर्यटकको शव व्यवस्थापन गर्न प्रहरी परिचालन भएको जानकारी पनि उहाँले दिनुभयो । शव सदरमुकाम ल्याएपछि परीक्षण चामेमा गर्ने वा काठमाडौँ पठाउने भन्ने निर्णय गरिने सहायक प्रमुख जिल्ला अधिकारी अर्यालले बताउनुभयो ।

प्रकाशित मिति: २०८१ चैत्र २६, मंगलवार १८:१४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर
भर्खरै प्रकाशित

धेरै पढिएको