विराटनगर, चैत २७। नेकपा एकीकृत समाजवादीको कोशी प्रदेश अध्यक्षका लागि आठ जनाले दावी गरेका छन । एकीकृत समाजवादी कोशी प्रदेशको पहिलो अधिवेशन मंगलबार बाट शुरु भएको हो ।
पार्टी अध्यक्ष माधव कुमार नेपालले उद्घाटन गरेको अधिवेशनबाट सर्वसम्मत नेतृत्व छान्न खोजे पनि आकंक्षी धेरै भए पनछ निर्वाचनमा जाने सम्भावना बढदै गएको छ। आज बिहान नौ बजेटबाट सुरु बन्द सत्रमा आर्थिक र सांगठनिक प्रतिवेदन पेस भएपछि नेतृत्वको लागि सर्वसम्मतको प्रयास हुने एकीकृत समाजवादीका उप महासचिव राजेन्द्र राईले बताएका छन ।
उनका अनुसार त्यो भन्दा पहिला आजै विभिन्न ८ वटा टोलीले प्रतिवेदन माथि छलफल गरी प्रतिवेदनमा राय सुझाव सहित प्रतिवेदन पास हुने छ । प्रतिवेदन पास भएपछि सहमतिको प्रयास थालिने राईले बताए ।
उनले भने हामी सर्वसम्मत नेतृत्व चयनको प्रयास गर्ने छ । सर्वसम्मत नभए निर्वाचनबाट भए पनि नेतृत्व छान्ने तयारी छ । प्रदेशको अध्यक्ष बन्न पोलिटब्युरो सदस्य महेश रेग्मी, धर्म निरौलाले बलियो दावेदारी पेस गरेका छन् ।
यस्तै केशव कुमार विष्ट र सरिता खड्का थापाले पनि अध्यक्षको दाबी गरेका छन् । यसै गरी धनकुटाका धर्म पौडेल पाँचथरका जिल्ला अध्यक्ष कमल जबेगु, जलेश्वर राईले पनि अध्यक्षको दाबी गरेका छन् ।
अध्यक्षको दाबी गरेका मध्ये महेश रेग्मी र धर्म निरौला सबैभन्दा सिनियर हुन् । अधिवेशनमा ६ सय भन्दा बढी प्रतिनिधि छन् । मनोनीत गर्न अझै बाँकी रहेकाले सङ्ख्या बढ्न सक्नेछ ।




